खेलकुद बोर्डले कबड्डीकी मेनुका र पार्वतीलाई सम्मान गर्ने 

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १९:१५
खेलकुद बोर्डले कबड्डीकी मेनुका र पार्वतीलाई सम्मान गर्ने 

विराटनगर । जापानमा जारी २० औँ एसियाली खेलकुद (एसियाड) मा कांस्य पदक जितेको नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य (खेलाडी) मेनुका राजवंशी र प्रशिक्षक पार्वती राईलाई प्रदेश खेलकुद विकास बोर्डले सम्मान गर्ने भएको छ ।

कांस्य पदक विजेता कोशी प्रदेशकी राजवंशीलाई १ लाख र प्रशिक्षक राईलाई २५ हजार नगदसहित सम्मान गर्ने बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए ।

Advertisement

उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको टोलीको सदस्य र प्रशिक्षकको उच्च मूल्यांकन गर्दै सम्मान गर्न लागिएको हो । कोशी प्रदेशका राजवंशी र राईले आफ्नो कौशलले समग्रमा राष्ट्र र कोशी प्रदेशको नाम उच्च बनाएकोले बोर्डको तर्फबाट नगदसहित सम्मान गर्ने सदस्यसचिव घोषले प्रस्टाए ।

बोर्डले राष्ट्र र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने तयारी गरेको र सम्मान कार्यक्रमको मिति छिट्टै तोकिने समेत जानकारी बोर्डले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×