कांग्रेस महाधिवेशनको उद्घाटन असोज १८ मा

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार १३:४९

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन पछाडि सरेको छ । यसअघि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि सुरु हुने भएको हो ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया समयमै सम्पन्न हुन नसकेपछि महाधिवेशनको मिति सारिएको हो । कांग्रेसले मंगलबार जारी गरेको विज्ञप्तिमा वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसके पनि केही स्थानमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जनाइएको छ ।

Advertisement

निर्वाचन समिति तथा पार्टीका विभिन्न तहका कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा असहज परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ । भारी वर्षाका कारण प्रभावित निर्वाचन क्षेत्रको अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया पूरा गरेपछि महाधिवेशनका अन्य कार्यक्रम अघि बढाइने कांग्रेसको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×