मेची राजमार्गको राजदुवाली सडक खण्ड दुई दिन पूर्ण बन्द हुने

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार १०:४०

इलाम। इलाम सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मेची राजमार्गको राजदुवाली सडक खण्ड आगामी असोज १५ र १६ गते पूर्ण रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय इलामले एक संशोधित जरुरी सूचना जारी गर्दै सडक मर्मत तथा निर्माण कार्यका लागि दुई दिन सवारी आवागमन पूर्ण रूपमा रोकिने जनाएको छ।

Advertisement

पहिरो नियन्त्रण, ढल इनार र कलभर्ट निर्माण गर्दा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि यसअघि असोज ६ र ७ गते सडक बन्द गर्ने निर्णय भएको थियो। तर, जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान गरेपछि उक्त निर्माण कार्य केही समयका लागि स्थगित गरिएको थियो।

हाल मौसममा सुधार आएसँगै पानी निकाल्ने इनार निर्माण कार्य अघि बढाउन सडक डिभिजन कार्यालय इलामको अनुरोधमा असोज १५ र १६ गते सडक पूर्ण रूपमा बन्द गर्ने तय गरिएको छ।

सडक बन्द रहेको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। जसअनुसार ठूला सार्वजनिक सवारी साधनहरूलाई मेची कोरिडोर र साना सवारी साधनहरूलाई सिमलगोलाइ-तिल्केनी सडक प्रयोग गर्न गराउन सूचित गरिएको छ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×