रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार १६:३८

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

इटहरीमा आज (बुधबार) सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताए। सरकार र निजी क्षेत्रबीच सहकार्य भए सीप विकास, उद्योग स्थापना र रोजगारी सिर्जनामा थप उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ।

Advertisement

निजी क्षेत्रको सम्भावनालाई उपयोग गर्न सरकारले उपयुक्त नीति, कानुनी तथा व्यवस्थापकीय व्यवस्था गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले सीप तथा तालिमका नाममा राज्यकोषबाट बर्सेनि ठूलो रकम खर्च भए पनि त्यसअनुसार रोजगारी सिर्जना गर्ने सीप विकास हुन नसकेको बताए।

उनले प्रदेश सरकारले साना तथा मझौला उद्यम सञ्चालनका लागि सहुलियतपूर्ण तथा न्यूनतम धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिए। नेपालमा उत्पादन बढाउँदै स्वदेशी बजारसँगै छिमेकी मुलुकका बजारको सम्भावनासमेत उपयोग गर्नुपर्ने भन्दै उनले पर्यटन र घरेलु उत्पादनलाई जोडेर स्थानीयस्तरमै रोजगारीका अवसर विस्तार गर्न सकिने बताए।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×