कोशीमा योजना आयोगका दुई सदस्य नियुक्त

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १९:०२

विराटनगर। कोशी प्रदेश सरकारको आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ।

बैठकले विराटनगरका तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङकी हरिकुमारी राईलाई आयोगको सदस्यमा नियुक्त गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले मुख्यमन्त्री सम्मेलनको मिति पनि सारेको छ।

यसअघि असोज २२ र २३ गते गर्ने तय भएको सम्मेलन अब असोज २७ र २८ गते हुने भएको छ। यस्तै, बैठकले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गर्ने निर्णय गरेको मन्त्री शेर्पाले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×