कांग्रेस महाधिवेशन : यी हुन् उम्मेदवारी दिनेहरु (सूचीसहित)

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार ०६:४८
कांग्रेसको विधान संशोधन प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएसँगै चुनावी तस्बिर स्पष्ट हुन थालेको छ ।

सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् । सभापतिका लागि तीन जनाको उम्मेदवारी परेसँगै नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । सो पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेकाे छ ।

महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ । प्रकाशित नामावलीमाथि बुधबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दाबी–विरोधको समय तोकिएको छ ।

दाबी–विरोधको प्रक्रिया सकिएपछि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसपछि कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

यी हुन् उम्मेदवारी दिनेहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×