सामान्य अंकले बढ्यो नेप्से परिसूचक

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २२, बिहीबार १६:२४

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अंकले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अंकले बढेर ४६२ दशमलव ०४ मा पुगेको छ । यसैगरी, फ्लोट सूचक शून्य दशमलव २२ अंकले बढेर १७७ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २९ अंकले बढेर १५५ दशमलव ६५ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर तीन अर्ब ९३ करोड पाँच लाख ६० हजार ९५२ रुपैंयाँ मूल्यमा खरिद–बिक्री भएका छन् । आज १३ उपसमूहमध्ये आठ उपसमूह बढ्यो भने पाँच उपसमूह घटेको छ । आज १४० कम्पनीको शेयर बढ्यो भने १२७ कम्पनीको शेयर घट्यो । ११ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर, लक्ष्मी भ्यालू फन्ड लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आरबिबी म्युचुअल फन्ड, घलेम्दी हाइड्रोपावर, मैबुलुङ इनर्जी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.