जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १८:०९

झापा । झापामा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूले अब जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाको पहलमा भएको छलफलपछि यातायात व्यवसायीका प्रतिनिधि घाइतेलाई छुट दिन सहमत भएका हुन् । जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको वर्गीकृत परिचयपत्रका आधारमा जेनजी घाइतेले सार्वजनिक यातायातमा आधा भाडामा यात्रा गर्न पाउनेछन् ।

व्यवसायीका प्रतिनिधिले एउटै सार्वजनिक यातायातमा अधिकतम दुई जना जेनजी घाइतेलाई यस्तो सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । नेपाल सरकारले २०८३ असार १८ गते स्वीकृत गरेको ‘जेनजी सहिद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज’मा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा प्रशासन र यातायात व्यवसायीबीच यस्तो समझदारी भएको हो ।

एकीकृत प्याकेजको बुँदा नम्बर ८ मा अति गम्भीरदेखि गम्भीर वर्गमा परेका घाइतेलाई सार्वजनिक यातायातका साधनमा ५० प्रतिशत भाडा छुटसँगै सिट आरक्षणको व्यवस्था मिलाउने उल्लेख छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार प्याकेज कार्यान्वयनमा सम्बन्धित निकायबीच समन्वय सहज बनाउन प्रशासनले केही समयअघि नै जिल्लाका जेनजी सहिद परिवार तथा घाइतेहरूको डिजिटल प्रोफाइल तयार गरेको थियो ।

झापामा जेनजी आन्दोलनका दुई सहिद परिवार तथा प्रशासनबाट परिचयपत्र प्राप्त ३७ जना जेनजी घाइते रहेका छन् । उनीहरूको पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि सरकारले अघि सारेका व्यवस्थालाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा यातायात सुविधामा छुटको व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

प्रशासन र व्यवसायीबीच भएको समझदारीपछि परिचयपत्र भएका तोकिएको वर्गका घाइतेले सार्वजनिक यातायात प्रयोग गर्दा छुट पाउने बाटो खुलेको हो ।

तपाइको प्रतिक्रिया
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन
चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली
विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×