
काठमाडौं । सरकारले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै विपद्सम्बन्धी अध्यादेश भदौ १० गते गएको भोटेकोसी बाढीलाई मध्यनजर गर्दै ल्याइएको बताए ।
विपद्सम्बन्धी अध्यादेशको व्यवस्थाबारे प्रस्ट पार्दै मन्त्री पोखरेलले भने, ‘यसअघि १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने प्रावधान थियो । अध्यादेशबाट यो अवधिलाई छोट्याइएको छ ।’

























