बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १९:४९
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण

विराटनगर । विराटनगरको विराट क्षितिज कलेजले बीएस्सी सीएसआईटी र बीसीएमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरण दिएको छ ।

शैक्षिक सत्र २०८३ का विद्यार्थीका लागि असोज १७ र १८ गते इलामको कन्याममा आयोजित अभिमुखीकरण कार्यक्रममा बीएस्सी सीएसआईटीका ३६ र बीसीएका ३५ जना विद्यार्थी सहभागी थिए ।

कार्यक्रममा विद्यार्थीलाई सम्बन्धित विषयको अध्ययन पद्धति, पाठ्यक्रम, प्रयोगात्मक शिक्षाको महत्त्व तथा सूचना प्रविधिको क्षेत्रमा विकसित भइरहेका शैक्षिक र रोजगारीका अवसरबारे जानकारी दिइएको थियो ।

कलेजका अध्यक्ष दिनेशकुमार दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झा प्रमुख अतिथि र मेची क्याम्पसका बीएस्सी सीएसआईटी कार्यक्रमका कोअर्डिनेटर सुनिल शर्मा विशिष्ट अतिथि थिए।

कार्यक्रममा कलेजका क्याम्पस प्रमुख खुशीराज श्रेष्ठ, सञ्चालकहरू आयुष लम्साल, सागर श्रेष्ठ, सुशील घिमिरे र कृष्णबहादुर भण्डारीलगायत पनि सहभागी थिए । सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

तपाइको प्रतिक्रिया
बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×