कोशी प्रदेशसभाको ३२ औँ बैठक बस्दै

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २२, बिहीबार ०६:५६
कोशी प्रदेश सभा सचिवालय

विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत ३२ औँ बैठक आज (बिहीबार) बस्दैछ ।

कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ । बैठक कटहरीस्थित कोशी प्रदेशसभा भवनमा बस्ने जानकारी खड्काले दिए ।

यसअघि गत भदौ २२ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अब बैठक बस्ने भएपछि प्रदेशसभाको कामकारबाही पुनः अघि बढ्ने भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखको आदेशअनुसार बैठक आह्वान गरिएको प्रदेशसभा सचिव खड्काको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.