सुदूरपश्चिम र कर्णाली आसपास लगातार भूकम्पका धक्का

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार ०९:२०

काठमाडौं । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासका क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पका धक्का मापन भएका छन् । पछिल्लो पटक बुधबार राति बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार राति ९ बजेर ३७ मिनेटमा बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

यसअघि असोज २० गते राति भारतको उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो । राति १० बजेर ३८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब एक सय किलोमिटर पश्चिममा पर्छ । केन्द्रबिन्दु भारतमा भए पनि त्यसको धक्का नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

त्यस्तै, भदौ ३१ गते मुगुमा एकै रात दुईवटा भूकम्प गएका थिए । मुगुको कालै आसपास केन्द्रबिन्दु बनाएर राति १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो ।

पहिलो धक्का गएको केही घण्टापछि मुगुमै अर्को भूकम्प गएको केन्द्रको विवरणमा उल्लेख छ । बिहान ४ बजेर २८ मिनेटमा कालै आसपास नै ४.२ म्याग्निच्युडको दोस्रो धक्का मापन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×