देशभरका ८५ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २२, बिहीबार १३:३५

काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको हो ।

यस्तै, २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि (आइटी तथा आइसिटी) प्रयोगशाला विस्तार भएको छ । २०७७ सालदेखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६ सय आठ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण भएको मन्त्रालयले जनाएको छ । विद्यालयमा वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्युत् पहुँच पुगेको छ ।

मुलुकभर धार्मिक प्रकृतिका विद्यालय समेत गरी ३५ हजार ९ सय ५१ विद्यालय सञ्चालनमा छन् । तीमध्ये २७ हजार १० सामुदायिक विद्यालय छन् । विद्यालय पूर्वाधारतर्फ २०७२ को भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सात हजार ६ सय ६७ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १४ विद्यालय निर्माणाधीन छन् ।

पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये सरकार तथा विभिन्न विकास साझेदारको सहयोगमा दुई सय १६ विद्यालयको पुनर्निर्माण भइरहेका मन्त्रालयले जनाएको छ । दुई हजारभन्दा बढी विद्यार्थी भएका ३६ विद्यालयमा थप पूर्वाधार विकासअन्तर्गत १२ कोठे भवन निर्माण भइरहेका छन् ।

तपाइको प्रतिक्रिया
विराट एक्स्पो अब व्यापारिक प्रदर्शनीमा मात्र सीमित नरहने
जथाभावी एन्टिबायोटिक प्रयोगले स्वास्थ्य जोखिम : मन्त्री पराजुली
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स अवधि लागू
नेप्से परिसूचक १५ अङ्कले बढ्यो, पाँच अर्ब ५५ करोडको कारोबार
चीनका सरकारी अधिकारीलाई जासुसीको आरोपमा मृत्युदण्ड
स्विस सहयोगका परियोजनालाई निरन्तरता दिने राजदूतको प्रतिबद्धता
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
राजनीति सत्ताकेन्द्रित हुँदा जनअपेक्षाअनुसार काम भएन: थापा
लामो समयदेखि बन्द धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालन अनिश्चित
ठेक्का रद्द गर्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित : सांसद महेन्द्रबहादुर शाही
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.