एमाले स्थायी कमिटी बैठक बस्दै, पार्टी कमिटीलाई पूर्णता दिने तयारी

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १०:३७

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका विभिन्न कमिटी र संगठनलाई पूर्णता दिने विषयमा निर्णय गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा आज (शुक्रबार) दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा छलफल गरी टुंगो लगाउने तयारी रहेको उपमहासचिव लेखराज भट्टले बताए ।

बैठकमा पार्टीका विभाग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । साथै, केन्द्रीय कमिटीमा मनोनयन गर्न बाँकी सदस्यबारे पनि निर्णय गर्ने तयारी छ ।

गत पुसमा ११औँ महाधिवेशन गरेको एमालेले अहिलेसम्म अधिकांश कमिटीलाई पूर्णता दिन सकेको छैन । बिहीबार बसेको बैठकले आगामी मंसिरमा राष्ट्रिय भेला आयोजना गर्ने तथा वडा र गाउँपालिका अधिवेशनका मिति तय गरेको थियो ।

तपाइको प्रतिक्रिया
ग्यास बुलेट पल्टिँदा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउन कठिनाइ
रसुवा बाढीका बेपत्तालाई मृतक घोषणा गर्ने बाटो खुल्यो
एन्फाका अध्यक्ष र महासचिवलाई पक्राउ गर्न आदेश
कांग्रेस सभापतिको मतगणना तत्कालै
नेम्वाङविरुद्ध दायर भएको रिट खारेज 
एन्फाका दुई अधिकारीसँग धरौटी माग
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन
घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरे कारबाही हुने, उजुरी दिन गृह मन्त्रालयको आग्रह
पर्यटक भिसामा मोरङ आएर धार्मिक गतिविधि, दक्षिण कोरियाका २४ नागरिक प्रहरी नियन्त्रणमा (नामावलीसहित)
दलित अधिकारको कानुनमा कमजोरी नराख्न कोशीका सांसदलाई दबाब
निर्वाचनलक्षित अभियानमा नेकपा, वडा अधिवेशन पुस ११ देखि
एमालेमा पद बाँडफाँट पेचिलो, मनोनयन टुंग्याउन शनिबार फेरि बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×