
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय साँझ ७ बजेसम्म थप गरिएको छ ।
यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय दुई घण्टा थपेर साँझ ५ बजेसम्म पुर्याइएको थियो । तर, उक्त समयसमेत पुनः थप गरी साँझ ७ बजेसम्म कायम गरिएको नीति प्रतिष्ठानका निर्देशक डा। सुरेश आचार्यले जानकारी दिए ।

























