
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (शुक्रबार) दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव १५ अंकले बढेर दुई हजार ५९१ दशमलव ८० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८० अंकले बढेर ४६५ दशमलव ८५ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक एक दशमलव ४२ अंकले बढेर १७९ दशमलव १० मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५० अंकले बढेर १५७ दशमलव ४६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता शेयर चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैंयाँ मूल्यमा खरिद–बिक्री भएको छ। आज १३ वटा उपसमूह बढेका छन् । आज १८० कम्पनीको शेयर बढ्यो भने ८९ कम्पनीको शेयर घट्यो। त्यसैगरी १० कम्पनीको शेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक, सोलु हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी रिर्ज लाइन इनर्जी कम्पनी, आइसिएफसी फाइनान्स डिबेञ्चर, प्राइम डिबेञ्चर लगायतका लगानीकर्ताले गुमाएका छन् ।



















