मन्त्रिपरिषद् बैठकः दुई जलविद्युत् परियोजनामा लगानी स्वीकृत

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १६:३८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज (शुक्रबार) बसेको लगानी बोर्डको ६८औँ बैठकले दुईवटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लागत अनुमान गरिएको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाबाट सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ । ९०० मेगावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका हकमा परियोजना विकास सम्झौताका प्रावधानअनुसार तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गरिने भएको छ ।

स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण र प्रभावकारी कार्यसम्पादनका लागि लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बोर्डले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार स्विस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्न कार्यालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

त्यस्तै, कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा पुर्‍याउने योगदानलाई ध्यानमा राख्दै त्यस्ता परियोजनाको विकासलाई प्राथमिकता दिने निर्णय बैठकले गरेको छ ।

तपाइको प्रतिक्रिया
पर्यटक भिसामा मोरङ आएर धार्मिक गतिविधि, दक्षिण कोरियाका २४ नागरिक प्रहरी नियन्त्रणमा (नामावलीसहित)
दलित अधिकारको कानुनमा कमजोरी नराख्न कोशीका सांसदलाई दबाब
निर्वाचनलक्षित अभियानमा नेकपा, वडा अधिवेशन पुस ११ देखि
एमालेमा पद बाँडफाँट पेचिलो, मनोनयन टुंग्याउन शनिबार फेरि बैठक
रंगभेदविरुद्ध लडेकी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
कांग्रेस महाधिवेशनको मतदान समय साँझ ७ बजेसम्म थपियो
एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय
अच्युतमणि नेउपाने नायब महान्यायाधिवक्तामा बढुवा
प्रधानमन्त्री कार्यालयद्वारा एक साताको कार्यप्रगति सार्वजनिक
मन्त्रिपरिषद् बैठकः दुई जलविद्युत् परियोजनामा लगानी स्वीकृत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×