
काठमाडौं । सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई नायब महान्यायाधिवक्तामा बढुवा गरेको छ ।
न्याय सेवा आयोगको सिफारिसमा सरकारले नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापनसमेत गरेको हो ।
नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीको अवकाशपछि रिक्त रहेको पदमा नेउपानेलाई बढुवा गरिएको हो ।



















