गोहीको आक्रमणबाट महिलाको मृत्यु

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २४, शनिबार ०८:०३

बर्दिया । कर्णाली नदीमा माछा मार्न गएकी बर्दियाकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधुवन नगरपालिका–३ की करिब ४५ वर्षीया पुष्पा लामिछाने रहेकी छन् । उनी शुक्रबार बिहान माछा मार्न नदीमा गएकी थिइन् ।

इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डीएसपी होमप्रकाश चौधरीका अनुसार बिहान करिब ७ बजे घरबाट निस्किएकी लामिछाने अबेरसम्म नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई खबर गरेको थियो । खोजी गर्ने क्रममा कोठियाघाट क्षेत्रमा गोहीको आक्रमणबाट उनको मृत्यु भएको अवस्थामा शव फेला पारिएको प्रहरीले जनाएको छ ।

गोहीले लामिछानेलाई आक्रमण गरी नदीभित्रै राखेको थियो । शुक्रबार राति करिब ११ बजे गोहीले शव नदी किनारतर्फ ल्याएपछि प्रहरीले निकालेको डीएसपी चौधरीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.