कक्रोच पार्टीको प्रदर्शनका कारण दिल्लीमा २५० रेल रद्द

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार ०९:२०

एजेन्सी। कक्रोच जनता पार्टी (सीजेपी) ले आज दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शनको घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआरको निलम्बनको माग गर्दै प्रदर्शन गर्न लागेको हो ।

दिल्ली प्रहरीले भने यस प्रदर्शनका लागि अनुमति दिएको छैन। सीजेपीले विरोध प्रदर्शनका लागि अक्टोबर ७ मा मात्र सूचना पेश गरेको थियो, जबकि नियमअनुसार १० दिन अगाडि नै आवेदन दिनुपर्ने प्रावधान छ ।

प्रदर्शनलाई मध्यनजर गर्दै जन्तरमन्तर, कनट प्लेस र जनपथ रोड लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । सीमा सुरक्षा बल (बीएसएफ) का जवानसहित ३८ हजार सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ । यसका साथै राजधानीका ४५ मेट्रो स्टेशनहरू बन्द गरिएका छन् भने १० वटा डिटेन्सन सेन्टरहरू स्थापना गरिएको छ ।

प्रभावित क्षेत्रमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ। शुक्रबार राति १० बजेदेखि आज राति १० बजेसम्म इन्डिया गेट वरपरको ४ किलोमिटर दायराभित्र इन्टरनेट सेवा अवरुद्ध रहनेछ ।

यातायात सेवामा पनि ठूलो असर परेको छ। नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनमा आउने २५० मेल र एक्सप्रेस रेलहरू रद्द गरिएको छ । सुरक्षा अधिकारीहरूले रेलवे स्टेशन र होटलहरूमा कडाइका साथ जाँच गरिरहेका छन् । प्रदर्शनमा भाग लिन आउने सम्भावित व्यक्तिहरूको निगरानी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×