कोशी प्रदेशसभाको अधिवेशन अन्त्य

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार १५:५६

विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८३ साल असोज २४ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको हो । प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाद्वारा जारी विज्ञप्तिमा अधिवेशन अन्त्यसम्बन्धी निर्णय सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×