नवरात्र सुरु भएसँगै पाथीभरामा श्रद्धालु बढे

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १४:०७

ताप्लेजुङ । नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ । नवरात्रको पहिलो दिन आज (आइतबार) बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको भीड लागेको छ भने पाथीभरा क्षेत्र र फेदीका होटलमा पनि तीर्थयात्रीको चहलपहल बढेको छ ।

कञ्चनजङ्घा, मकालु र फक्ताङलुङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न तथा पाथीभरा माताको दर्शन गर्न आएकाहरूले प्रायः सबै होटल भरिएका स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए ।

नवरात्रमा तीर्थयात्रीको आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले समितिसहित सम्बन्धित निकायसँगको समन्वयमा आवश्यक प्रबन्ध गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×