
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
सोमबार प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ हजार २०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५० हजार ५१५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा घटेर मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ७३४ रुपैयाँ तोकिएको छ ।

























