नवरात्रको पाँचौं दिन स्कन्दमाताको आराधना, शक्ति र ज्ञान प्राप्तिको कामना

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०६:१४

काठमाडौं । बडादसैँको धार्मिक उल्लाससँगै नवरात्रको पाँचौँ दिन आज (बिहीबार) नवदुर्गाकी पाँचौं स्वरूप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । आश्विन शुक्ल पञ्चमीका दिन घरघरमा, दसैँघर तथा पूजा कोठामा विधिपूर्वक देवीको पूजा गरी शक्ति, समृद्धि र ज्ञान प्राप्तिको कामना गरिन्छ ।

सनातन धार्मिक परम्पराअनुसार नवरात्रका नौ दिन दुर्गाका नौवटा स्वरूपको क्रमशः पूजा गर्ने चलन छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । त्यसपछि छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ ।

स्कन्दमातालाई मातृत्व, करुणा र आध्यात्मिक ज्ञानको प्रतीकका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार उनको आराधनाले भक्तजनलाई शक्ति, ऐश्वर्य र विद्याको आशीर्वाद प्राप्त हुन्छ । स्कन्दमाताको प्रतिमामा देवी सिंहासनमा विराजमान भएको र दुवै हातमा कमलका फूल धारण गरेको स्वरूप देखाइन्छ ।

नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत र विभिन्न देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नौ दिनसम्म चल्ने विशेष पूजाआराधनाले घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

स्कन्दमातासँग सम्बन्धित पौराणिक कथामा ऋषि सनतकुमारको प्रसंग पनि उल्लेख गरिएको पाइन्छ । कथाअनुसार पार्वतीले ऋषि सनतकुमारलाई श्राप दिएर उँटको रूपमा परिणत गरेपछि उनको ज्ञान र ब्रह्मचिन्तनबाट प्रभावित भएकी थिइन् । ऋषिको आध्यात्मिक सामर्थ्य बुझेर पार्वतीले उनलाई पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरेको र त्यसै प्रसंगसँग स्कन्दमाता नाम जोडिएको धार्मिक आख्यान पाइन्छ ।

नवरात्रमा गरिएको पूजाआराधनापछि देवीको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ । यसै परम्पराअनुसार नेपाली समाजमा १५ दिनसम्म बडादसैँ मनाइन्छ । नवरात्रका प्रत्येक दिन देवीका फरक स्वरूपको आराधना गर्दै भक्तजनले धार्मिक आस्था, पारिवारिक सुख र कल्याणको कामना गर्ने गर्छन् ।

तपाइको प्रतिक्रिया
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
१० राजदूतको बाटो खुल्यो, सुनार अस्वीकृत
नवरात्रको पाँचौं दिन स्कन्दमाताको आराधना, शक्ति र ज्ञान प्राप्तिको कामना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×