ओडीआई शृंखलाः ओमानविरुद्ध खेल्दै नेपाल

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार १०:५५

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज (सोमबार) घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । लिग–२ को अंकतालिकामा शीर्ष ६ मा उक्लिने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

शृङ्खलाको सुरुआती दुई खेलमा नेपालले क्यानडा र ओमानलाई पराजित गरेको थियो । तर, शनिबार भएको तेस्रो खेलमा क्यानडासँग पराजित भएपछि नेपालको शीर्ष ६ मा रहने समीकरण प्रभावित भएको छ ।

नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । ३५ खेलबाट २८ अंक जोडेको नेपाल भने सातौँ स्थानमा झरेको छ । आज ओमानलाई पराजित गरे नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ ।

लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सम्भावना बलियो हुने भएकाले नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×