
बैतडी। सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो। भूकम्पपछि स्थानीयवासीले धक्का अनुभव गरेका थिए।



















