
इलाम । इलामको देउमाई नगरपालिका–१, चमैता चौरीबजारमा आज (सोमबार) बिहान करिब ६:३० बजे गाडी दुर्घटना भएको छ ।
प्रहरीका अनुसार गाडी सानो खोल्सामा खसेर दुर्घटना भएको हो ।
गाडीका चालक विपिन बराइली गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।



















