२१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १२:२१
बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल

काठमाडौं । सरकारले यस वर्षको नियमित भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । दसैँका कारण नियमित तालिकाभन्दा ढिलो गरी सञ्चालन गर्न लागिएको कार्यक्रममा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ ।

स्वास्थ्य सेवा विभागका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाउने तयारी छ ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउन थालेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×