
इलाम । इलामको देउमाई नगरपालिका–१, चमैता बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज (सोमबार) बिहान करिब ६:३० बजे यात्रु लिन जाँदै गरेको मे १ ज ३०४० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका बेला गाडीमा चालक मात्रै थिए ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी रक्सेबाट टोली खटिएको थियो । घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ ।



















