प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी जम्मा

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १२:३२
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष

काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैंकका खातामा आज (सोमबार) बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ र हिमालयन बैंक तथा लक्ष्मी सनराइज बैंकमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×