
काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएकी छन् ।
चीनको हेबेई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन भण्डारी चीन गएकी थिइन् । सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमण फलदायी भएको प्रतिक्रिया दिइन् ।
भण्डारीका अनुसार भ्रमण औपचारिक भ्रमणभन्दा पनि सम्मेलनमा सहभागिताका लागि केन्द्रित थियो । सम्मेलनमा आफूले राख्नुपर्ने धारणा प्रस्तुत गरिसकेको उनले बताइन् ।
‘भ्रमण निकै फलदायी रह्यो,’ उनले भनिन्, यो औपचारिक भ्रमणभन्दा पनि ग्लोबल गभर्नेन्स फोरमको सम्मेलन भएकाले म त्यसैमा भाग लिन गएकी हुँ । मैले त्यहाँ राख्नुपर्ने आफ्ना धारणाहरू राखिसकेकी छु ।’

























