यस्तो छ मौसम पूर्वानुमान

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार ०६:२८

काठमाडौं । देशका अधिकांश स्थानमा तत्काल ठूलो मौसमी गतिविधि देखिएको छैन । तर, साताको मध्यदेखि भने विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज (मंगलबार) दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने अनुमान गरिएको छ । अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहनेछ । राति देशभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले आगामी तीन दिनका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन । यद्यपि, कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म मौसममा परिवर्तन आउने सम्भावना छ ।

उक्त अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सम्भावित वर्षा र हिमपातबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.