झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार ०६:३९

झापा । झापाको कमल गाउँपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ साबित्रा चोकमा शुक्रबार साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–८ का अन्दाजी २९ वर्षीय सागर तिम्सिनाको मृत्यु भएको हो ।

शुक्रबार साँझ करिब ६ः५५ बजेतिर दमकबाट केर्खातर्फ जाँदै गरेको प्रदेश १–०१–००१४ प ६४८९ नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना. ६ ख ५२०२ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका तिम्सिनालाई उपचारका लागि सुरुङ्गास्थित कनकाई नगर अस्पताल पुर्‍याइएको थियो । अ

स्पतालमा उपचारका क्रममा चिकित्सकले साँझ ७ः३० बजेतिर उनलाई मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले ट्रक चालक धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिगहाका अन्दाजी २९ वर्षीय शिवशंकर महतो र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.