वर्षाले एनपीएलका दुवै खेल प्रभावित हुने सम्भावना

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार ११:३१

काठमाडौं । निरन्तर वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न बनेपछि शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ ।

शुक्रबारदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेको छ । आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।

तर, वर्षा नरोकिए निर्धारित समयमा खेल सञ्चालन गर्न कठिन हुने देखिएको छ । मैदान खेल्न योग्य नभए दुवै खेल रद्द हुनेछन् ।

एनपीएलको लिग चरणमा वैकल्पिक दिन (रिजर्भ डे) को व्यवस्था छैन । त्यसैले वर्षाका कारण खेल हुन नसके सम्बन्धित दुवै टोलीले एक–एक अंक बाँड्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.