लुम्बिनी र चितवन बीचको खेल स्थगित

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १४:४१

काठमाडौ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

लगातारको वर्षाले मैदान खेल्न योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए । उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान भिजेको छ । खेल रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

आजै हुने तालिकाअनुसार दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल अपराह्न ५ बजे सुरु हुने तय भए पनि वर्षाका कारण प्रभावित हुने सम्भावना छ ।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.