पार्टीको कार्यदिशाबारे विशेष सम्बोधन गर्दै थापा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार ०९:२५

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे आइतबार विशेष सम्बोधन गर्ने भएका छन् ।

१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति थापाले विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ । सम्बोधनअघि प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने जनाइएको छ ।

पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो साङ्गठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा काङ्ग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.