सुनचाँदीको मूल्यमा भारी गिरावट 

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार ११:२७
सुनचाँदीको मूल्यमा भारी गिरावट 

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्यमा भारी गिरावट आएसँगै सुन प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ। शुक्रबार तीन हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर प्रतितोला तीन हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.