सरकारी कार्यालयको समय सोमबारदेखि परिवर्तन 

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार १४:४८

काठमाडौं । सरकारी कार्यालयको समय कात्तिक १६ गते सोमबारदेखि परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समय तालिकाअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन् ।

यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार यो समय तालिका कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म लागू हुनेछ ।

शैक्षिक संस्था र सार्वजनिक निकायबाहेकका अन्य सबै सरकारी कार्यालयहरूमा यो नयाँ समय लागू हुने मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.