सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा भारतीय नागरिकको मृत्यु, तीन घाइते

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १२:०४

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा न्युजिल्यान्डका ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी घाइते भएका छन्।

घाइतेमध्ये पटेल र पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ। डाइनेस्टी एयरका पाइलट केसीको भने लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।

मृतक बलरामुडुको शव पनि प्रभु एयरको हेलिकोप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ।

अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.