कारागारबाट कैदी भागेको घटनामा केन्द्रीय टोलीको अनुसन्धान

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १२:३२

काठमाडौं । डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी भागेको घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट खटिएको टोली डोल्पा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला तहमा पनि प्रहरी निरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । उक्त समितिले केही दिनदेखि अनुसन्धान गरिरहेको छ ।

केन्द्रीय टोलीको नेतृत्व नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगन्ज) का प्रहरी वरिष्ठ उपरीक्षक राजीवबहादुर बस्नेतले गरेका छन् । पाँच सदस्यीय टोली डोल्पा पुगिसकेको बस्नेतले बताए ।

उनका अनुसार टोलीमा प्रहरी प्रधान कार्यालयबाट तीन जना र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट एक जना सदस्य छन् । टोलीले जिल्ला प्रहरी कार्यालय पुगेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

शुक्रबार राति जबरजस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन गरी आठ कैदीबन्दी करिब चार मिटर लामो सुरुङ खनेर कारागारबाट फरार भएका थिए ।

फरार कैदीबन्दीको खोजी भइरहेको भए पनि उनीहरू अहिलेसम्म फेला परेका छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.