
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ। सोमबार तीन हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तीन हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

























