भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १०:२४

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

विदेश सचिव मिश्रीको नेपाल भ्रमणलाई प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तथा दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादलाई अघि बढाउन उनको भ्रमण भएको स्रोतले जनाएको छ ।

काठमाडौं आइपुगेका मिश्रीले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले प्रधानमन्त्री शाहसँग समेत भेटवार्ता गर्ने तय भएको छ ।

भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । दुईदिने भ्रमण पूरा गरी भारतीय विदेश सचिव मिश्री भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.