मोरङको उर्लाबारीमा तास खेलिरहेका १० जना पक्राउ

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार ०७:४९
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका–७ स्थित डिक खड्कीको घरमा सञ्चालित मोबाइल जोन पसलभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई मंगलबार राति ११ः३० बजेतिर नियन्त्रणमा लिएको हो । पसलभित्र तास खेल भइरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वली नेतृत्वको टोली खटिएको थियो ।

प्रहरी टोलीले छापा मार्दा तास खेलिरहेको अवस्थामा १० जनालाई फेला पारेको हो । उनीहरूको साथबाट पाँच बुङ तास र नगद १२ हजार ६२२ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ का २० वर्षीय जलन ठटाल, २४ वर्षीय सुभाष शर्मा र २५ वर्षीय रोशन शर्मा, वडा नम्बर ८ का २५ वर्षीय सुमन ढकाल, २६ वर्षीय निरोज धिमाल, २० वर्षीय कमल ढुंगाना २५ वर्षीय किरण ढुंगाना रहेका छन् । त्यसैगरी झापाको दमक नगरपालिका–७ का २६ वर्षीय विनोद ढकाल र वडा नम्बर ५ का २५ वर्षीय दीपक चौधरी तथा मोबाइल जोन पसलका सञ्चालक मोरङको रतुवामाई नगरपालिका–९ का ३८ वर्षीय विवेक बराल पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.