
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको छ ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ३६ हजार २ सय ८० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार १ सय ३४ रुपैयाँ तोकिएको छ ।



















