विराटनगरमा प्रेसर कुकरको सिटी पड्किँदा १२ वर्षीय बालक घाइते

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १५:३७

विराटनगर । प्रेसर कुकरको सिटी पड्किँदा शुक्रबार विराटनगरमा एक बालक घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–१५ हड्तालीहाटस्थित साथीको घरमा खेल्न गएका स्थानीय पप्पु पाठकका १२ वर्षीय छोरा श्रेय पाठक प्रेसर कुकरको सिटी पड्किँदा घाइते भएका हुन् । प्रहरीका अनुसार शुक्रबार बिहान करिब ११ः५० बजेतिर खेल्ने क्रममा प्रेसर कुकरको सिटी पड्किएर छातीमा लाग्दा श्रेय घाइते भएका थिए ।

उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको छ । बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.