प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न आग्रह

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १६:२०

काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष निर्मला शर्मासहित पदाधिकारी, सल्लाहकार र केन्द्रीय सदस्य सम्मिलित प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशका प्रावधानबारे ध्यानाकर्षण गराएको हो ।

भेटमा प्रतिनिधिमण्डलले अध्यादेशमा समावेश गरिएका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.