सरकारको कार्यशैलीबारे झाँक्री : ‘अन्यायविरुद्ध बोल्नुपर्छ’

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १०:३३

काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै अन्याय, अत्याचार र ज्यादतीविरुद्ध सबैले आवाज उठाउनुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले नाजी जर्मनीको शासनकालमा जर्मन धर्मगुरु मार्टिन निमोलरले व्यक्त गरेको चर्चित आत्मस्वीकृतिलाई स्मरण गर्दै अन्याय हुँदा मौन बस्नु अन्ततः ‘आफैँमाथि अन्याय निम्तिने अवस्था सिर्जना गर्नु’ भएको उल्लेख गरेकी छन् ।

झाँक्रीले निमोलरको भनाइ उद्धृत गर्दै सुरुमा कम्युनिस्ट, त्यसपछि यहुदी र क्याथोलिक समुदायमाथि दमन हुँदा अरूले त्यसविरुद्ध आवाज नउठाएको प्रसंग उल्लेख गरेकी छन् । अन्ततः आफूलाई खोज्न आउँदा आफ्नो पक्षमा बोलिदिने कोही बाँकी नरहेको निमोलरको आत्मस्वीकृतिलाई उनले वर्तमान राजनीतिक अवस्थासँग जोड्ने प्रयास गरेकी छन् ।

दोस्रो विश्वयुद्धपछि निमोलरले विभिन्न भाषणमा व्यक्त गरेको यो प्रसंग नाजी शासनको दमनका बेला समाजका विभिन्न समुदाय र बौद्धिक वर्गले देखाएको मौनताप्रतिको पश्चातापका रूपमा चर्चित छ । झाँक्रीले उक्त ऐतिहासिक प्रसंगलाई नेपालको वर्तमान राजनीतिक परिस्थितिसँग जोड्दै प्रश्न गरेकी छन्, ‘मेरो प्रश्न के हामीले पनि यस्तै नियति भोग्न अभिशप्त हुने हो ?’

उनले अन्याय जो कोहीमाथि भए पनि त्यसको विरोध गर्नुपर्नेमा जोड दिँदै लेखेकी छन्, ‘हर प्रकारका अन्याय, अत्याचार र ज्यादती जो कोहीमाथि होस्, त्यसको विरुद्ध बोल्नुपर्छ । ती हाम्रा मुद्दा हुन्, सरोकारका विषय हुन् ।’ सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले ‘यो सरकारले गर्दैछ, ठीक गर्दै छैन’ भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।

तपाइको प्रतिक्रिया
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
धनकुटा प्रहरीले तमोर किनारमा नष्ट गर्‍यो डेढ टनभन्दा बढी गाँजा
बालसंसारका विद्यार्थीले देउसी–भैलोमार्फत झल्काए मौलिक संस्कृति
शान्ति–सुरक्षा चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.