यूएईविरुद्ध नेपाल १५३ रनमै समेटियो

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १६:४०

काठमाडौं । ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ । प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलिरहेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर उक्त योगफल बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२ रन जोड्दा दर्श सोनार र निरज यादवले समान १६ तथा आशिष लुहारले ११ रन बनाए ।

यूएईका नसीम खानले पाँच विकेट लिए । अयान मिसबाहले तीन तथा नूरउल्लाह अयोबीले दुई विकेट लिए ।

नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.