मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार ०८:५९

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रो बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

प्रहरी अनुसार बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रो बस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनाका बेला माइक्रो बसमा १५ जना सवार रहेको र उनीहरूमध्ये १० जनाको मृत्यु भएको तथा पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पनि उद्धार कार्य जारी राखेको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। घाइतेहरूको अवस्था तथा मृतकको पहिचानलगायत घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मोरङको सुनवर्षीमा भीषण आगलागी: पाँच घर जलेर नष्ट 
झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन
मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते
एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो, १४ जना सवार रहेको अनुमान
भोजपुरको वास्तिममा पाँच शय्याको अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुँदै
सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते 
ग्यास सिलिन्डरबाट आगलागी हुँदा एक जना घाइते, थप उपचारका लागि कीर्तिपुर पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.