एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार ०८:४०
फाइल तस्बिर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार (आज) दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स तथा कर्णाली याक्सले लुम्बिनी लाइन्ससँग प्रतिस्पर्धा गर्नेछन्।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र पोखरा आमनेसामने हुनेछन्। पाँच खेल खेलेको विराटनगरले दुई जित र तीन हारसहित चार अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ। यता पोखराले पाँच खेलमध्ये एकमा मात्र जित निकाल्दै दुई अंकका साथ तालिकाको पुछारमा रहेको छ। त्यसैले पोखरालाई आजको खेल जित्दै आफ्नो अवस्था सुधार्ने चुनौती छ।

यसैगरी, दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स भिड्नेछन्। पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको कर्णाली चार अंकसहित सातौं स्थानमा छ। कर्णाली पनि आजको खेल जित्दै तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ।

यता लुम्बिनी लाइन्स भने पाँच खेलबाट तीन जित, एक हार र वर्षाका कारण रद्द भएको एक खेलबाट अंक बाँड्दै सात अंकसहित तालिकाको तेस्रो स्थानमा छ। उत्कृष्ट लयमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष टोलीसँगको दूरी घटाउने प्रयासमा हुनेछ।

तपाइको प्रतिक्रिया
झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन
मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते
एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो, १४ जना सवार रहेको अनुमान
भोजपुरको वास्तिममा पाँच शय्याको अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुँदै
सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते 
ग्यास सिलिन्डरबाट आगलागी हुँदा एक जना घाइते, थप उपचारका लागि कीर्तिपुर पठाइयो
संखुवासभामा चट्याङ लागेर दुई जना घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.